मेरा खुट्टाहरु

I just walk silently with my feet. I just watch them take turns.
Left right… left right and then again left.

कहिले रातो त कहिले कालो… धेरै जसो गुलाबी अनि हप्ताको अन्त्यमा blue jeans लगाँउदै हिडिरहन्छन् मेरा खुट्टा। दिनहुँ उकाली ओराली लाग्छन्। कहिले म थाके एकछिन रोकौँ भन्दैनन्। दिनभरि उभिएर मेरो सारा शरिरको भार थाम्छ… तैपनि बस्न कुर्सी खोज्दैन। काठमाडौँ जाँदा लगाएको रातो नेलपोलिस अझै पनि अपरिचित महादेश को नक्सा बनाइ बुढी औलामा तासिरहेछ… बाकि औँलाका महादेश चाँहि बिलाएछन् शायद। जाडो महिना भएकोले बिर्सिन्छु कि नङ् रिमुभरले सफा गर्ने बेला भो… आजकल त गर्मी महिनामा चप्पल लगाँउदा नि मतलब हुन्न, गाँउमा केहि फरक पर्दैन भन्ने सोच्छु। अनि शहर पुगे पछि मेरो ध्यान त्यतातिर कहिल्यै पुग्दैन… शहर पुगेपछि त झनै फुर्सद हुन्न मेरा खुट्टाहरुलाई अनि also “I’ve better things to do” जस्तो लाग्छ।

गाँउमा पहिलो पल्ट आँउदा धेरै माया पाँउथ्यो मेरा खुट्टाहरुले। ट्रेकिङ शुज् नभए नि स्पोर्टस् शुज् पाराको टुना भएको जुत्ता लगाँउथे उकालो ओरालो गर्न, तर अहिले त चप्पलमै हिँडिदिन्छु। लाग्छ I am getting too local. पहिलो पल्ट त खुट्टालाई १० मिनेट जति आराम दिन्थे तर अहिले त लम्किन्छु एकछिन नि अाराम नगरी। काठमाडौँमा पुल्पुलाएर राखेका मेरा खुट्टाहरुले कहिल्यै नि complain भन्ने गरेनन्। शहरमा हुँदा फेरी फेरी जुत्ता पाँउथ्यो… कहिेले converse त कहिले ballerina shoes… सकेसम्म त खुट्टालाई fancy नै राख्थेँ। अहिले गाँउमा आएर छ महिने गर्मी याम मा त्यही bataको स्यान्डल र aerosoft मै बितायो बिचराले; झन यो जाडो याममा त त्यही एउटा “aunty shoes” मै चित्त बुझाइरहेछ केही complain नगरी।

त्यति सारो हिंडेर पनि नडुब्लाएको मेरो ज्युलाई त्यो रातो चिप्लो माटोमा पनि सम्हाल्न सक्ने मेरा खुट्टाहरु आफ्नो परवाह नगरी मलाई बचाइरहे। हिलो चिप्लो बाटोमा आफु मड्केला भनेर कहिल्यै पनि सोचेन। बरु आफै होसियार भएर मलाई घर र स्कुल लादैँ बस्यो। भोकले खुट्टा काँपे, तैपनि काठमाडौँ जाने मेरो रहर संगै दगुर्थ्यो मेरा खुट्टाहरू। कतै गाडी छुट्टेला कि भनेर shortcutका ती सांगुरा बाटाहरु दगुद्‌दै मेरा खुट्टाहरू। Luckily पाएको गाडीको handle समात्यो मेरो हातले तर संगसंगै फसाँउथ्यो मेरा खुट्टाहरुलाई। लौ, बस त प्याक् पो रैछ। हातले बसको रेलिङ् समात्यो र खुट्टाले मेरो भारलाई थाम्थ्यो। साथै तीन किलोको केराको भारी ब्याग्।

गाँउमा आएर मेरो खुट्टाले केही complain नगरेको देख्दा आफै अचम्म लाग्छ। मेरो मस्तिष्क, मेरो मुटु, मेरो पेटहरु म गाँउ धेरै बसेको रुचाँउदैनन् शायद… कहिले घरको याद त कहिले कस्को… कहिले gastric त कहिले के… एक हप्ताको म्याद नाग्ने बित्तिकै symptomsहरु देखाउन थाल्छन्। तर मेरा खुट्टाहरू कहिल्यै थाक्दैनन्। सेतोपाटी र कालोपाटी अगाडि उभिन खुब मनलाग्दो रहेछ मेरा खुट्टाहरुलाई। विद्यार्थीहरुले हात उठाँउदा मलाई उनीहरु नजिक सम्म लगिदिन पाँउदा ज्यादै हर्षित हुँदो रहेछ उसलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *