विचित्रका राजकुमारहरु

एकादेशमा एउटा खोला थियो। त्यो खोलाको रंग अरु बाँकि खोला भन्दा भिन्न थियो। त्यस खोलाको रंग गुलाबको फूल झै रातो थियो। भनिन्थ्यो धेरै बर्ष अगाडी “haemoglobin” नामको साधुको वरदानले गर्दा यो रातो हुन गएको हो। यस विचित्र रातो खोलामा एउटा छुट्टै संसार थियो। यस खोला मुनि छुट्टै एउटा राज्य थियो। शक्तिशाली, प्रतिभावान र दयालु हृदय भएको राजाले यस विचित्रको राज्यमा राज गर्थ्यो । राजाका तीन छोराहरु थिए जसलाई राजाले औधी माया गर्थ्यो। नगरोस् पनि किन? एक त आफ्नै सन्तान, अर्को ती राजकुमारहरु बाँकि जीवहरु भन्दा फरक थिए। “विचित्रको राज्यका विचित्रका राजकुमारहरु”। ती राजकुमारहरुको रूप मात्र नौलो होइन अद्‌भुत गुण पनि थियो।

30f3a80f3e733520899e44dff53b6d128c6b68c561228655eac5169fa4afcb76

जेठो छोराको नाम थियो राते – उसले आफ्नो शक्तिले जनतालाई चाहिने हावा, खानेकुराहरु, खनिज सबैको जोहो गर्थ्यो।
माइलोको नाम थियो सेते – ऊ चाँहि जेठो भन्दा अलि भिन्न थियो। सेते चाँहि राज्यको सैनिकको सेनापति थियो। राज्यमा कोहि वैदेशिक हस्तक्षेप भयो कि जाई लागि हाल्थ्यो। अनि जनताको साथै राज्यको सुरक्षा गर्थ्यो।
कान्छो छोराको नाम चाँहि खैरे थियो – खैरे भने त्यस राज्यको मात्र नभई सारा संसारको प्रख्यात वैद्य मानिन्थ्यो, कारण खैरेले जस्तो सुकै घाउलाई पनि जाती गरिदिन्थ्यो। कतै पनि नपाइने “fibrinogen” नामको दुर्लभ ओखती उसैलाई मात्र बनाउन आँउथ्यो। त्यसैको सहायताले खैरेले घाउलाई सुकाई दिन्थ्यो र केहि दिनमा नै ठिक बनाइदिन्थ्यो।

त्यस राज्यमा सबैजना खुसी थिए। परेको बेला एक अर्कालाई सहयोग गर्ने, हरेक काममा मद्दत गर्ने गर्थे। रिस, राग, इर्श्याको भावना कसैमा नि थिएन। त्यहाँ सधैँ खुसी र हाँसोमा दिन बिति राखेको थियो।

एक दिन अचानक त्यस राज्यलाई विपत आइपर्यो। राज्यमा बाहिरका शत्रुबाट हमला हुन गयो। सुखी त्यो संसारमा कसैले सोचेको थिएन कि उनीहरुले त्यस्तो डरलाग्दो दिन पनि देख्नु पर्छ भनेर। हमलाको सूचना पाउने बित्तिकै सेतेले आफ्ना सैनिकहरु भेला पारेर भने – “हेर सिपाही हो! आज हाम्रो राज्यलाई हाम्रो खाँचो छ। हामीले आफ्नो सर्वस्व लगाएर आफ्नो राज्य र जनताको हिफाजत गर्नु पर्छ। के सबै जना लड्न तयार छौ?”
“तयार छौँ !!!” सबै सैनिकहरुले एकै आवाजमा चिच्याए।

b40d0c782426c49855d21f3598cdf173440820b3cc5be0f9d7d22a96e482f5f5

सेतेका सैनिकहरु बहादुर भएर लडे। शत्रुहरु एक दमै भयानक र सयौंको संख्यामा थिए। सेतेका सैनिकहरु धेरै नै घाइते भए। त्यस लगत्तै पुरै राज्य कम्जोर हुन थाल्यो। चारै तिर हाहाकार मच्चिन थाल्यो। खैरेले आफुले सके सम्म सबैको घाउहरु निको पार्न तिर लाग्यो। रातेले त्यसपछि एउटा उपाय सोच्यो। जे जसरी गरेर भए नि आफ्नो सैनिकहरुलाई बलियो बनाउनु थियो। त्यसैले उसले थप पोषिला खानेकुराहरुको जोहो गर्यो। जसले गर्दा सेतेका सैनिकहरुलाई तागत मिल्यो। विस्तारै सबै सैनिकहरु फुर्तिला हुन थाले।

भोलि पल्ट युद्धको मैदानमा सबैजनाले फुर्तिका साथ शत्रुको सामना गरे। कसैलाई लात हानेर भगाए, कसैलाई लौरै लौरोले थताए, कसैलाई भुइँमा मज्जाले पछारिदिए। शत्रुहरुको विजोग बनाएर राज्यबाट भगाइदिए।
जाँदा जाँदै तिनीहरु “अब यो राज्यमा झुक्केर नि पाइला टेक्दैँनौ” भन्दै भाग्न थाले।

7403898c862d58f174aefd27789c5855b4690950e056c9e6708fc3cfe3c7f40c
एक एक जना गरि सबै जना शत्रुहरु भाग्दै सिमानाबाट हराए। राज्यका सबै मान्छेहरु हर्षो उत्साहका साथ जित मनाउन सडकमा उत्रिए।
विपतको बेलामा आफ्नो छोराहरुको पराक्रम देखेर राजा दङ्ग परे र सबैलाई स्यावासी दिए।

Leave a Reply

Your email address will not be published.