आत्तिएको मन

मंसिरको चिसोमा म फूल रोप्न तम्सिन्छु “यता हेर त। यो बोरामा माटो भर्नु छ। कताबाट ल्याउने हो माटो?”

“के गर्नुलाई हो माटो मिस?”

“फूल रोप्नलाई ” I reply them.

“खोइ त फूल?”

“ल्यौछु नि। पहिला माटो त भरम बोरामा।”

“फूल सर्छ र चिसोमा? त्यही नि बाख्राले खाईहाल्छ पो त।”

“खाँदैन, बाख्राले खायो भने हामी नि बाख्रालाई खाई दिम्ला।”

केहि बिद्यार्थीहरु मेरो इच्छा पूरा गर्न नजिकैको बारीबाट माटो खनी दिन्छन्। (बच्चालाई फकाउन काम गरेको जस्तो गरि) म भरेको बोरा तल लान्छु अनि यसो हेर्छु त मेरा बिद्यार्थीहरु छतबाट ड्याँग-ड्याँग भरेको बोरा झार्दै रहेछन्। अनि मैले “ए के गरेको भन्दा?”, “यसरी हुन्छ के” भन्दै झार्न रोक्दैनन्।

अघिल्लो दिन मेरो cofellow ले class nine लाई बिरुवाहरु लिएर आउने भनेका थिए। ऊ पनि चिसोमा बिरुवा रोप्ने दाउमा थियो। अरु बिरुवा नउम्रे पनि पानी अमला त उम्रन्छ जस्तो लागेर बेसीबाट आउने सुस्मितालाई वनबाट ल्याउन लगाए। सबै जना मैले के गर्दो रहेछ भनेर हेर्न बसेका थिए। “मिस के गर्न लाग्नु भएको?”, “मिस त्यसरी हुँदैन”, “माटो मज्जाले भिज्ने गरि राख्नु न पानी” “अहिले बाख्राले खाईदिन्छ पो त” (again same remarks) म पनि अमलाको त्यो बिरुवाहरु रोप्दै थिए, मनमा मलाई पनि शंका थियो। के भोलि बिहान सम्म यो बिरवा रहन्छ र? कि त बाख्रा आउछ, कि त चक्चक्के बच्चाहरुले उखेलिदिन्छ।

“मिसलाई नि के के गर्ने सुर चल्छ। कस्तो परिवर्तन गर्ने रहर चल्छ।”
That comment hit my heart and head at the same time. मलाई थाहा थियो मेरा बिद्यार्थीहरु मेरो प्रयास हेर्दै थिए, उनीहरुलाई थाहा थियिओ मेरो काम बालुवामा पानी जस्तै हो भनेर, म nervous थिए, दुई वर्षको fellowship सकिन आटेको थियो। पहिलो वर्ष देखि स्कूलमा एउटा बगैंचा होस् भन्ने हाम्रो चाहना थियो। त्यो पूरा हुन पाएको थिएन। म र मेरो cofellow समय सकिन लागेकोले आँटिसकेका थियौं। हामीलाई जाँचको अन्तिम केहि मिनेटहरुको अनुभव हुन थालिसकेको थियो।

यो त एउटा मात्र कुरा भो गर्न “to-do list” को। हाम्रो दुई वर्षको fellowhip को अन्तिम समयमा आउँदा केहि पनि गर्न सकेको जस्तो लाग्दैन। लागोस् पनि कसरि, मान्छेको मनै त हो केहि कुरा देखेपछि मात्र पत्याउने। परिवर्तन फेरी दुई वर्षमा नै नि नदेखिने रहेछ। उनीहरुले पढ्न देखाएको जाँगर, उनीहरुका जिज्ञासाहरु, उनीहरुका प्रयासहरु सायद हामी अन्देखा गर्छौ तर त्यही साना कुरा नै परिवर्तनको बाटो हो भन्ने कुरा बुझेर नि ठूला भौतिक परिवर्तन तिर लोभिन्छौ।

फेरी हाम्रा विद्यार्थीहरु हामी जस्तै छन्। अनौठा छन् उनीहरु, माया देखाउन जान्दैनन् हामी जस्तै। उनीहरुको माया देखाउने शैली भनेको जिस्काएर हो. अरुले हेर्दा discipline नभएका जस्ता लाग्लान् तर त्यसरी नै हो हाम्रो सम्बन्ध गाढा भएको। अरुलाई भन्दा बढी विश्वास गर्छन, आफुलाई लागेको, चित्त नबुझेको कुरा फ्याट्ट-फ्याट्टै भन्दिनछन्। रिसाउछन तर त्यो भन्दा बढी माया गर्छन। सबै को कथा त थाहा छैन तर सबैको आँखामा चिहाएर मुटुसम्म पुगेको छु। कत्तिको नजिक भैसकेको रहेछु भने शनिवार काठमाडौँ फर्किन बसमा बस्दै गर्दा उनीहरुको अनुहार याद आउँछ अनि एकै चोटी घाँटीमा के के अड्केको जस्तो हुन्छ अनि आँखा रसाउन थाल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *