उसले देखेको सपना
सेतो चार्ट पेपरको त्यो एक stripमा ऊ उसको भविष्य लेख्दै थियो। (newsprint paper लिएर हिँडीरहेको मलाई आधि बाटोबाटै तपाईँको जस्तो बाक्लो पेपर ल्याउनु न भनि फिर्ता पठाए, अनि सेतो चार्ट पेपर देखेछि पनि ह्या तपाईँको जस्तो yellow पेपर चाँहि छैन? भन्न थाले) एकदमै ध्यान दिएर उसले गलत स्पेलिङ्ग लेख्दै थियो DOCTER । मैले उसको टाउकोमा त्वाक्क हाने अनि भने… E होइन O हो, उ तेता बोर्डमै लेखिदेको छु त स्पेलिङ्ग। निच्च परेर ऊ हाँस्छ अनि इरेजरले मज्जाले मेट्छ र E लाई O बनाँउछ। उसको मन भित्रको त्यो सपना कागजको टुक्रामा लेखिएको देख्दा म खुशी छु। ऊ साँचिकै डाक्टर बन्यो भने त म संसारकै सबै भन्दा खुशी प्राणी हुन्छु होला।
DOCTOR को ती ६ वटा अक्षरमा ऊ थरी-थरीको रङ्ग घोट्छ। उसलाई त्यो चिट्ट बुझेन अनि फेरि अर्को टुक्रामा लेख्छ। फेरि DOCTOR (मैले सबैले एक-एक वटा बाँड्न लगाएको थिँए तर उसले दुईटा पेपर सुटुक्क हालेको रहेछ) म उसलाई हेरी बस्छु, उसले लेखेका ती अक्षरहरु बाँगा-तिँगा अक्षरहरु। त्यो लेख्दै गर्दा उसको मनमा के कुरा चलिरहेको होला, मलाई थाहा पाउन मन थियो। के साँचिकै उसलाई डाक्टर नै बन्नु छ त? छ भने किन ऊ डाक्टर नै बन्न खोजेको हो? यी प्रश्नहरु त मेरो मनमा नाँचिरहेका प्रश्नहरुको सतहमा भइका प्रश्नहरु मात्र थिए। गहिराईमा त म सोचिरहेको थिए – के ऊ साँचि कै डाक्टर बन्न सक्ला र? Is it even possible? के यो सपना realistic छ त? म पनि त सानो छँदा “my aim” शीर्षकको निबन्ध लेख्दा कहिले my aim is to become an engineer, कहिले CA, कहिले teacher, कहिले artist लेख्दथिए। मलाई याद पनि भएन ती निबन्ध लेख्दा मेरो मनमा कस्ता कुरा खेल्थे। कुरा खेल्थे पनि र? कि म कति शब्द भयो निबन्धको अनि कति जति मार्कस् आँउला भनि सजक हुन्थे।
उसलाई डाक्टर बन्न मन रहेछ। मलाई थाहा भयो। अब म के गर्ने होला उसको सपना थाहा भएर। “डाक्टर बन्न के गर्नु पर्छ? कसरी पढ्नु पर्छ? उसको काम के हो?” भनेर बुझाउने कि? तर मेरो मनमा थियो यथार्थ – “डाक्टर पढ्न त थुप्रो पैसा पो लाग्छ। धेरै गाह्रो पो हुन्छ त। अरू केहि छ तिम्रो सपना?” मेरो सोचाई गलत छ तर मेरो मन यी कुराहरुले पिरोलिरहेको थियो।
ऊ मलाई एकदमै मन पर्छ। कक्षामा अरु साथीहरु हल्ला गरिरहेको छ भन, “चुप लाग। कति कराउन सक्या तिमीहरु” भनेर उसको त्यो ठुलो घोक्रो तीखो तर मलाई मन पर्ने स्वरमा कराउँछ। ऊ मलाई “ओ मिस” भनि बोलाउने पहिलो विद्यार्थी हो। उसको hairstyle ऊ जस्तै रमाइलो छ… साइड साइडमा छोटो सफा कपाल अनि अगाडी तिर silky लामो कपाल। निच्च परेर हाँस्दा उसका चम्किला आँखा लुक्छन अनि गालामा कता-कता दिम्पल बसेकोक झै हुन्छ।
मलाई कति खुसी लाग्यो उसले DOCTER लेख्दा। फेरी अर्को कागजमा लेख्न थाल्दा उसले अरु नै पो केही लेख्ला कि भनेर म आत्तिएको थिए। तर उसले फेरि सच्चाएर DOCTOR नै लेख्यो। मैले उसलाई लेख्न सकिए पेपर बुझाऊ भने किनकि मलाई डर थियो उसले त्यो कागज कच्याक्-कुचुक पार्ला कि भनेर। “ह्या मिस” गर्ने उसको बानि छ। ह्या ह्या भन्दा भन्दै उसले उसको सपना आफै कुच्याउने पो हो कि भन्ने पीर थियो मेरो मनमा। ऊ यस्तै छ। उसलाई चित्त नबुझ्यो कि ह्या ह्या गर्न सुरु गरि हाल्छ।
ऊ सँगै बस्ने साथीले मलाई “मिस, FARMER को स्पेलिङ्ग के हो?” भनेर सोध्यो। मैले बोर्डमा लेखे। उसलाई कृषक बन्न मन रहेछ। उसको सपनाले मलाई खुसी लाग्यो। किन हो मैले “पढेर कृषक बन्यो भने मज्जाले पैसा कमाइन्छ। अस्ति पत्रिकामा देखेका थियौँ नि कृषिबाट मान्छे केहि वर्षमा नै करोडपति भएको” भनेर सुनाए। भनिसकेपछि किन भनेछु जस्तो लाग्यो। I don’t know why I thought I needed to explain that being a farmer was an amazing dream; was I explaining it to him or myself?
He wanted to become a social worker. म अचम्ममा परे। आज उसले मलाई “मिस, ईङ्ग्लिसमा मलाई समाजसेवी मन पर्छ, म समाजसेवी भएर गाँउमा मद्दत गर्छु भनेर कसरि लेख्ने” भनि सोध्यो। मैले मख्ख पर्दै लेखे। कक्षामा उसको बेवहार हेर्दा मैले सोचेको पनि थिएन कि उसको मन यस्तो पो रहेछ भनेर।
सबैको सपनाम रङ्गहरुले सजाउदा कति राम्रो देखिएको थियो। कतिले रमाइला बुट्टा पनि भरेका थिए। मैले सबैको सपना हातमा बोके अनि मनमा सम्हालेर राँखे। DOCTOR, SCIENTIST, FARMER, POLICE, BRITISH ARMY, TEACHER, SOCIAL WORKER. भविष्यमा उनीहरुले यो दिन अनि यो कागजका टुक्राहरुमा आफुले कोरेका यी शब्दहरु शायद नै सम्झन्छन् होला तर म भने सम्झि रहेनेछु।